Logo
Logo

जसपा विभाजनको संकेत, यादवलाई कारवाही गर्ने चेतावनी


दृष्टि संवाददाता

9.8k
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (सजपा) बाधक बनेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जसपामा देखिएको मत विभाजन बाधक बनेको हो ।

जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएपछि नयाँ सरकार गठनमा राजनीतिक समस्या देखा परेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि सकस देखिएको हो ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ आवश्यक पर्छ तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार गठन प्रकृयामा सहभागी नहुने बताएका छन् ।

ठाकुरले सोमबार राति विज्ञप्ति मार्फत् भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’

यस्तै जसपका बरिष्ठ नेता राजेन्द्र महतोले पनि राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेकोले त्यसमा जसपा पार्टी सरकारमा नजाने बताएका छन् । महतोले भनेका छन्, ‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ,’ उनले भने ।

उपेन्द्र यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोले जिकिर गरेका छन । ‘जसपा एउटा पार्टी हो । कुनै व्यक्ति सरकारमा जान्छु भनेर विज्ञप्ति निकाल्दैमा कसरी सरकार बन्छ ?’ उनले भने । वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोले बताएका छन् ।

यस्तै महतोले काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नसक्ने पनि दाबी गरेका छन् । ‘देउवाजी सरकार बनाउन सक्नुहुन्न । राष्ट्रपतिजीलाई पार्टी चाहिएको हो । म फेरि पनि भन्छु जसपा सरकारमा जाँदैन जाँदैन ’ उनले भने ।उपेन्द्र यादवको सत्तालिप्सा पूरा नहुने बताउँदै उनले भने, ‘पार्टी फुटाएर अर्को दल बनाएर नयाँ सरकार बनाउन ​सकिला । तर, त्यसका लागि कार्यकर्ता तयार छैन ।’

उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी
जसपा नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी दिएका छन् । महतोले उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै यादवलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

‘पार्टी फोडुवालाई हामी पार्टीभित्र राख्दैनौं । यसका लागि हामीले पार्टी एकता थोडै गरेको हो रु,’ उनले भने । आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम भएको महताले बताए । उनले उपेन्द्र यादवमाथि कारबाही हुने बताउँदै भने, ‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दै हुनुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो रु यो पार्टी निर्णय विपरीत छ’ उनले भने ।

आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने महतोको भनाई छ । ‘कसैले पार्टी विभाजन गर्न खोज्छ भने मेरो ताकत रहेसम्म म त्यसको सपना पूरा हुन दिँदैन ।’ उनले भने ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्