काठमाडौं । कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुने भएका छन् ।
वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो । भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।
‘नर्भिकमा भर्ना भएपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको थियो। यही क्रममा दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरूको सल्लाहअनुसार उहाँ आज डिस्चार्ज हुन लाग्नुभएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।