Logo
Logo

‘नेपालमा कोभिड-१९ को संक्रमण जटिल अवस्थामा’


दृष्टि संवाददाता

630
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।

मंगलबार मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको माग अत्याधिक बढेको समेत बताए।

‘संक्रमण तीव्र रुपमा बढिरहेको छ। अवस्था जटिल छ। अझैं धेरै संक्रमितलाई अक्सिजनको माग अत्याधिक बढेको छ। अक्सिजनको मागअनुसार दिन सकिरहेको छैनौँ तर हामी प्रयासरत छौँ‘ उनले भने।

उनले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको बताउँदैं उनले निजी अस्पतालका ७५ प्रतिशत बेड कोरोनाका बिरामीका लागि उपलब्ध गराउने निर्णय बताए।

प्रतिक्रिया दिनुहोस्