Logo
Logo

इजरायल र प्यालेस्टाइनलाई संयम र शान्त हुन नेपालको आग्रह


दृष्टि संवाददाता

441
Shares

काठमाडौँ । द्वन्द्वरत इजरायल र प्यालेस्टाइनलाई अधिकतम संयम र शान्त हुन नेपालले आग्रह गरेको छ । दुई मुलुक बीचको बढ्दो तनावलाई लिएर परराष्ट्र मन्त्रालयले नेपाल चिन्तित रहेको जनाएको हो ।

‘हामी दुवै पक्षलाई अधिक चोटपटक र विनाशबाट बच्न अधिकतम संयम र शान्त हुन आग्रह गर्दछौं,’ मन्त्रालयको ट्वीटमा भनिएको छ । नेपालले समस्या समाधान गर्न शान्तिपूर्ण बाटो अवलम्बन गर्न पनि दुवै मुलुकलाई अनुरोध गरेको छ ।

जेरुसेलमस्थित अक्सा मस्जिदमा प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनहरु आक्रोशित छन् । सोमबारदेखि गाजा क्षेत्रमा दुबै पक्षले रकेट हानहान गरिरहेका छन् ।दर्जनौंले ज्यान गुमाएका छन् भने राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय निकायले शान्ति स्थापना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्