Logo
Logo

ओलीले बोलाए स्थायी कमिटी बैठक


दृष्टि संवाददाता

2k
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव नेपाल पक्षका माग सम्बोधनका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

आजको बैठकले नेपाल पक्षले उठाएका माग सम्बोधनका लागि अध्यक्ष ओलीलाई अधिकार दिने सम्भावना रहेको बताइएको छ ।

स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना छ । माधव नेपाललाई बुधवार राति अध्यक्ष अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजे पनि नेता नेपालले फोन रिसिभ नगरेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्