काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराइले सरकारलाई चार बुँदे ध्यानाकर्षण गराएका छन् । देश संकटतिर जाँदै गरेको उल्लेख गर्दैै नेता भट्टराइले सामाजिक सञ्जालमार्फत आज विहानै सरकारलाई चार बुँदे ध्यानाकर्षण गराएका हुन् ।
सरकारले बिगतदेखि नै सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा प्रयाप्त काम गर्न नसकेको कारण बिरामीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्रोस व्यक्त गरेका छन् । नेता भट्राइले उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बांचेकाहरु लाचार बनिरहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
उनले भनेका भन्, ‘बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौँ, यस्तो सँवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ।’
यस्तो छ नेता भट्टराईले सरकारलाई गराएको ध्यानाकर्षण
१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नुपर्छ र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२. २०७२ को महा भुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।