Logo
Logo

देउवासँग छलफल लगत्तै प्रचण्डले बैठक बोलाए


दृष्टि संवाददाता

25.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकिए लगत्तै अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय पेरिसडाँडामा ५ बजे बस्ने बताइएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँदै जाँदा सबै दल छलफलमा जुटेका छन् । यसै क्रममा अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्