काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटारमा मन्त्रीहरुको लिष्ट बनाउने काम भइरहेको छ ।
केही पुराना मन्त्रीहरुलाई विदा गर्ने ओलीको तयारी छ । माधव नेपाल पक्षका र जसपाबाट समेत मन्त्री नियुक्त हुने भएकाले केही मन्त्रीलाई बिदा गर्नैपर्ने अवस्था छ । पूर्व माओवादीबाट मन्त्री बनेकालाई हटाउन भने उनलाई समस्या छ । जसकारण एमालेकै धेरै मन्त्रीहरु हट्ने छन् ।
साढे दुई बजे प्रधानमन्त्री ओलीको सपथग्रहण छ । लगत्तै केही मन्त्रीको सपथ ग्रहण हुने छ ।