Logo
Logo

निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निधिको आग्रह


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका क्रममा उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताएका हुन् ।

गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डालाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्