Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोनाबाट निको हुने बढेकोदेखि ओलीले प्रधानमन्त्रीको सपथ लिएकोसम्म


दृष्टि संवाददाता

1.6k
Shares

हेडलाइन्स् :

१. शुक्रबार एकैदिन ६ हजार बढी कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किए, २४ घण्टामा ८ हजार ४ सय ६७ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ४ सय ४ सक्रिय संक्रमित, देशभर भने १ लाख ७ हजार ३ सय ३६ सक्रिय संक्रमित पुगे, २४ घण्टामा २ सय ६ संक्रमितको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुग्यो ।

२. सरकारद्वारा अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज, स्वास्थ्य मन्त्रालयद्वारा सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन, सिसिएमसीको बैठकले निर्णय गरि लागु गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सिसिएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई नै दिइयो ।

फाइल फाेटाे

३. तेस्रो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा सपथ ग्रहण, नेकपा एमालेका माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर सांसद पनि मन्त्री हुनसक्ने आकलनका बिच भएको सपथ ग्रहणमा सबै पुरानै अनुहार, नियुक्त भएपनि प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने ।

४. नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीच सिंहदरबारमा छलफल, २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्ने नेपाल पक्षको बटमलाइन, छलफल सकरात्मक।

५. जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन, उपेन्द्र यादवलाई थाहै नदिई नेता बनाएकोमा यादव समूह असन्तुष्ट, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएका महतो बिहीबार संसदीय दलको नेता बन्ने भएसँगै सांसदहरूसँगै भक्तपुरस्थित रिसोर्ट जान मानेको खुलासा, नेता चयन गरेको विषयपछि यादव समूह आन्तरिक छलफलमा ।

६. सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सत्य, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष गर्ने आश गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दावी, संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः प्रतिगामी पक्षलाई हटाउन सक्ने प्रचण्डको तर्क, मुलुकको आगामी राजनीतिक चुनौतीपूर्ण रहेको भनाइ ।

७. कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा नियुक्त गरेका तीन मन्त्रीको सपथ स्थगित, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै मुख्यमन्त्रीको आग्रहमा प्रदेश प्रमुखद्वारा मन्त्री बर्खास्त, कांग्रेस, प्रकाश ज्वाला र मुख्यमन्त्रीबीचको विवाद समाधान नहुँदा सपथ ग्रहण स्थगित गराइएको हो ।

८. शंकर समूह र इन्फिनिटी होल्डिङले सुदूरपश्चिम क्षेत्रलाई अढाई सय अक्सिजन सिलिण्डर दिने, सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त, नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने, सिईडिबि हाइड्रोपावर बाँडफाँट, ८५ प्रतिशत आवेदकको हात खाली ।

९. नेपालमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिग नेपाल सुपर लिगको फाइनल शनिवार, काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने, प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने दावी, टोकियो ओलम्पिक आउन अब दुई महिनामात्र बाँकी, कोरोनाका कारण जापान सरकारले नेपाल, भारत र पाकिस्तानबाट आउने नागरिकमाथि अनिश्चित समयका लागि प्रतिबन्ध लगायो ।

१०.र, भारतमा कोभिड संक्रमित र मृतकको संख्या कम हुँदै, ब्राजिलमा पनि मृतक घट्दै, अमेरिकामा खोप लगाएकाले मास्क लगाउनु नपर्ने, बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु. कोरोना संक्रमण बढेपछि सिंगापुरमा फेरि लकडाउनको तयारी, इजरायल र प्यालेस्टाइनबीचको संघर्षमा १ सय ३० बढीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्