Logo
Logo

ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाऔं भनेकै होः भट्टराई


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन् ।

ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको पूर्वप्रधानमन्त्री डा.भट्टराईले आइतबार ट्वीटरमार्फत् खुलासा गरेका हुन् ।भट्टराईले अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।

‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा एमाले ओली निकटका महेश बस्नेतले हालै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि भट्टराईले त्यहि सन्दर्भमा ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण दिएका हुन् ।

डा. भट्टराईले यसअघि धारा ७६ (२) बमोजिम सबै दलको सहभागीता र वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने ट्वीट पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्