Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौंं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा मारिएका निर्दोष व्यक्तिप्रति त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा समवेदना व्यक्त गरेका छन् ।
न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिबार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसंगत मान्न नसकिने बताएका छन् । उनले आतंकवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतंककारी समूहले शुक्रबार गराएको विस्फोटमा ४९ जनाको मृत्यु भएको थियो । सो घटनाको आलोचना गर्दै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले न्युजिल्यान्डप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्