काठमाडौं । भारतमा केही दिनयता कोरोना संक्रमण घटेको छ । पछिल्लो एक हप्तामा नयाँ संक्रमितको संख्या सवा लाख घटेको छ ।
सोमबारको तथ्याङकअनुसार नयाँ संक्रमितको संख्या तीन लाखबाट घटेको छ । २४ घन्टामा दुई लाख ८१ हजार ३८६ संक्रमित थपिएका छन् । यो पछिल्लो २७ दिनकै सबैभन्दा कम संक्रमण हो । यसअघि एकैदिन चार लाख १४ हजारसम्म संक्रमित थपिएका थिए । आइतबार यो संख्या तीन लाख ११ हजार थियो ।
नयाँ संक्रमितको संख्या घटेपनि मृत्युको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घन्टामा चार हजार एक सय ६ जनाले ज्यान गुमाएका छन् । तीन लाख ७८ हजार सात सय ४१ जना एकै दिन निको भएका छन् । भारतको सहरी क्षेत्रमा संक्रमण घटेको छ भने ग्रामिण क्षेत्रमा बढ्दै गएको छ ।