Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

खिमलाललाई मत दिन माओवादीको ह्वीप

बादल प्रतिगमनको मतियार बनेको आरोप


दृष्टि संवाददाता

9.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश अन्तगर्तको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्न ह्वीप जारी गरेको छ ।

जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारेको देवकोटालाई जिताउन विज्ञप्ति जारी गर्दै मतदान गर्न आह्वान गरेको हो ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेका छन् ।

विज्ञप्तिमा ‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ भनिएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ । देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षको साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्