Logo
Logo

काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

विवरण अनुसार सबैभन्दा धेरै काठमाडौंमा थपिएका छन् । २४ घण्टामा काठमाडौंमा २ हजार ३ सय ४६ थपिएका छन् । यस्तै, ललितपुरमा ४ सय ५४ जना थपिएका छन् भने भक्तपुरमा २ सय ९८ संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७४ पुगेको छ । यस्तै, हालसम्म काठमाडौं उपत्यकामा १ हजार ७ सय ४२ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्