Logo
Logo

कोरोनाको ‘रेड जोड’मा २० जिल्ला, लकडाउन कडा गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


दृष्टि संवाददाता

12.2k
Shares

काठमाडौं । केही दिनयता कोरोनो संक्रमण घटेपछि सर्वसाधरणले केही राहत महशुस गरेकामा सोमबारको तथ्याङकले फेरि संक्रमण ओरालो नलागेको देखाएको छ । सोमबार ९ हजार दुई सय ४७ जनामा संक्रमण देखिएको छ । आइतबारको तुलनामा करिब १९ सय धेरैमा संक्रमण देखिएको छ ।


यसको दुई कारण छन् । पहिलो भनेको परीक्षण बढेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक परीक्षण भएको छ । यो अवधिमा २२ हजार ८७ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार १९ हजार ८८३ को परीक्षण भएको थियो । आइतबारको संक्रमणदर ३७ प्रतिशत थियो भने सोमबारको ४२ प्रतिशत छ । यसले नेपालमा संक्रमण नघटेको प्रष्ट भएको छ ।


संक्रमण बढ्नुको अर्काे कारण भनेको विगतमा कम देखिएको प्रदेश नम्बर १ र २ मा संक्रमण बढ्न थालेको छ । प्रदेश नम्बर १ को मोरङमा ४६९, सुनसरीमा ३००, झापामा १७४ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदे नम्बर २ का जिल्लामा पनि संक्रमण बढेको छ ।
धनुषामा २३२, महोत्तरीमा १३०, सप्तरीमा १२१ तथा पर्सामा ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यी हुन् संक्रमण बढेका जिल्ला

स्वास्थ्य मन्त्रालयले सोमाबर साँझ एक सुचना प्रकाशन गरी २० जिल्लामा धेरैमा संक्रमण देखिएको भन्दै त्यहाँ निषेधाज्ञा कडाई गर्न भनेको छ । जसमा काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया र पाल्पा छन् ।


उपत्यकाका तीन जिल्लामा थोरै बढेको छ । काठमाडौंमा २३४६, ललितपुरमा ४५४ तथा भक्तपुरमा २९८ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौंमा १८८१, ललितपुरमा ४३६ तथा भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको थियो ।

लुम्बिनीका बाँके, बर्दिया र रुपदेन्हीमा संक्रमण उच्च छ । बाँकेमा सोमबार ३७८, बर्दियामा ३१३ तथा रुपन्देहीमा ४१४ जनामा संक्रमण भएको छ ।

उपत्यका बाहिरका जिल्लामध्ये कैलालीमा अवस्था भयावह छ । कैलालीमा एकैदिन ७४२ जनामा संक्रमण पुष्टि भएको छ भने कञ्चनपुरमा २१८ जना थपिएका छन् ।


गण्डकीको कास्कीमा ४३४ जनामा संक्रमण भएको छ । अन्य जिल्लामा नयाँ संक्रमितको संख्या एक सय भन्दा कम छ । कर्णालीको सुर्खेतमा १९६ जनामा संक्रमण पुष्टि भएको छ अन्य जिल्लामा नयाँ संक्रमितको संख्या एक सय भन्दा कम छ ।

प्रतिक्रिया दिनुहोस्