काठमाडौं, ३ चैत । आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।
आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।
त्यसैगरी महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए ।
सचिवालयका अनुसार प्रदेश नंं ५ मा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशहरुमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ । ‘सबै प्रदेशबाट तथ्यांक संकलन गरिरहेका छौँ, एक साताभित्र सबै खेलमा सहभागी हुने खेलाडीको नामावली सार्वजनिक गर्नेछौँ’, सचिवालयका संयोजक इन्द्र कार्कीले जानकारी दिए । रासस