काठमाडौं । निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट जरिवाना शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै निषेधाज्ञाका बेला ऋणीसँग पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकले बताएको छ ।