Logo
Logo

प्रेस्किप्सन बिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न रोक


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको प्रेस्किप्सन बिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न नपाउने व्यवस्था लागू गर्न औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषदलाई निर्देशन दिने निर्णय गरेको छ।

मन्त्रालयमा मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले उक्त व्यवस्था गर्न विभाग र परिषदलाई निर्देशन दिने निर्णय गरेको हो।

कोभिड संक्रमितका लागि औषधि पसलबाट सोझै गएर अनावश्यक रुपमा एन्टिबायोटिक र स्टेरोइड किनेर खाने प्रचलन बढ्दो देखिएको र त्यसले गर्दा जनस्वास्थ्यको समस्या उत्पन्न हुन सक्ने मन्त्रालयको भनाइ छ ।

त्यसैले चिकित्सकको प्रेस्किप्सनबिना एन्टिबायोटिक र स्टेरोइड बेच्न नपाउने व्यवस्था गर्न औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषदलाई निर्देशन दिनेु बैठकले गरेको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्