Logo
Logo

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै ऋण उपलब्ध गराइने


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । सरकारले अक्सिजन प्लान्ट स्थापना गर्न चाहने संस्थाहरुका लागि आधार दरमै ऋण उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवदेन सार्वजनिक गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै ऋण उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने नीतिगत निर्णय राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्