Logo
Logo
सर्वोच्च अदालतको आदेश

‘बेडको अभाव भए अस्थायी अस्पताल बनाउ’


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । सर्वोच्च अदालतले अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । मंगलबार अदालतले अस्पताल र स्वास्थ्य संस्थाहमा बेडको अभाव भएमा वैकल्पिक व्यवस्था गर्न सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले खाली ठाँउ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न भनेको छ ।

सर्वोच्चले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्नु भनी सरकारका नाममा आदेश दिएको छ । स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।

त्यसरी गरी खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्नपनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्