Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

‘बादललाई सहयोग गर्ने वचन दिइएको छैन’


दृष्टि संवाददाता

5k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रियसभाका उम्मेद्वार रामबहादुर थापा ‘बादल’लाई सहयोग गर्ने वचन नदिएको प्रष्ट पारेको छ ।

जेठ ६ गते हुन गइरहेको ले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको हो ।

माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

यसअघि, रामबहादुर थापा ‘बादल’ लाई सहयोग गर्ने वचन नेपालले दिएको गृहमन्त्री थापका प्रेस संयोजकले किरण भट्टराईले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्