काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा २ः३० बजे बैठक बस्ने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
छलफलमा कोरोना महामारी नियन्त्रण र आगामी बजेटबारे छलफल हुने बताइएको छ । सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।