Logo
Logo

निषेधाज्ञा उल्लंघनः नवलपरासीमा प्रहरीको गोली लागेर एककाे मृत्यु


दृष्टि संवाददाता

11.3k
Shares


नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । निषेधाज्ञाको समयमा भारतबाट सामान तस्करी गरेको आरोपमा प्रहरीले गोली चलाएकाे थियो ।

प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।


प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते भएका छन् । भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको विवाद भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीको दाबी छ । सामान्य घटनामा गोली चलाएको स्थानीय आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्