Logo
Logo

सेयर बजारमा करेक्शन, कारोबार रकममा रेकर्ड


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा पुगेको हो

आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । लगातार बढेर कुनै एक दिन घट्नुलाई लगानीकर्ताहरुले ‘करेक्शन’ भएको भन्ने गरेका छन् । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः रेकर्ड राखेको छ ।

मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

बजारमा सर्वाधिक सेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भए पनि पछिल्ला दिनको तुलनामा कमै छ। कम्पनीको बुधबार ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नेशनल लाइफको ४५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

लाभांश नदिएको दशकै भएको र अझै कति वर्ष दिने पक्का नभएको नेशनल हाइड्रोको सेयर एक महिनायता निरन्तर बढिरहेको छ। कम्पनीको बुधबार ३० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्