Logo
Logo

मौन अवधिमा प्रधानमन्त्रीले मत मागेकोमा कांग्रेसको आपत्ति


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उप-निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्दै वक्तव्य दिएकोप्रति आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको समेत सुनाए । त्यस्तै बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको र भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले उल्लेख गरे । कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलव्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिए ।

बैठकले कोरोना रोक्नका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्