Logo
Logo

कोरोना नियन्त्रण गर्न एमाले स्वास्थ्य विभागको १२ सुझाव


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई पूर्व स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको महामारी रोकथामका उपाय दिएका छन् । नेकपा (एमाले)को स्वास्थ विभागका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारीले सरकारका मन्त्रीहरुलाई भेटेर कोरोना नियन्त्रण सम्बन्धी दर्जन बढी सुझाव दिएका हुन् ।

अधिकारी नेतृत्वको टोलीले उप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई भेटेर पनि सुझाव दिएका थिए ।

विभागले टोली फ्री लाइन ब्यस्त नबनाउने देखि शय्या संख्याको अद्यावधिक विवरण अनलाइनमा राख्न समेत सुझाव दिएको छ । यस्तै, सुझावमा लिक्विड अक्सिजन खोल्ने देखि खोपका लागि विश्वव्यापी पहल गर्ने समेत समेटिएको छ ।

एमालेको स्वास्थ्य विभागले मन्त्रीलाई दिएका सुझाव यस्ता छन् :

१) स्वास्थ मन्त्रालयले १० देखी १५ वटाअपरेटरहरू राखी वेड, औषधी, अक्सिजन लगायतका सूचना पाउने र टोल फ्री लाइन व्यस्त नबनाउने

२) वेड, आइसीयू, भेन्टिलेटरको सूचना अनलाइनमा अद्यावधिक गर्ने

३) जनस्वास्थ विपद घोषणा गर्ने, देशी विदेशी सहयोगको लागि अपील गर्ने

४) काठमाण्डौंमा एउटा र मोफसलमा एउटा लिक्विड अक्सिजन उद्योग खोल्ने र पहल गर्ने

५) अक्सिजनको खरीद, वितरण र प्रयोग प्रभावकारी बनाउने, प्लान्ट राख्न नसकिने ठाँउमा कन्सनट्रेटर ​पठाउने

६) औषधी र कच्चा पदार्थकोआयात अनुमति मागेका कम्पनीलाई सहज तरिकाले अनुमति दिने

७) वीर अस्पताललाइ एकीकृत कमान्ड अस्पतालका रूपमा सञ्चालन गर्ने

८) ऊच्चतहको अध्यनको तयारी गरेका चिकित्सक र स्वास्थ कर्मीहरूलाई काममा लगाउन प्रोत्साहन दिने

९) सही सूचना प्रवाह गर्न मिडिया काउन्सिललाई आफ्ना सदस्यहरूलाई सचेत पार्न आदेश दिने

१०) प्रोजेक्सन गरी साप्ताहिक योजना लागू गर्ने

११) खोपका लागि विश्वव्यापी पहल गर्ने

१२) ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि नेपाल टेलिकम र एनसेललाइ प्रयोग गर्ने


सुझाव ग्रहण गर्दै मन्त्रीहरूले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्