काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
माओवादीका एक स्थायी समिति सदस्यका अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको हो ।
बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए ।