Logo
Logo

प्रहरीलाई निर्देशन दिदा दिदै गृहमन्त्री बादलको पद खुस्कियो


दृष्टि संवाददाता

714k
Shares


काठमाडौं । सधैं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा फैसला गर्दै आएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इलजाशबाट बिहीबार एउटा ‘अनपेक्षित’ आदेश आयो । राणाको एकल इलजाशले गैरसांसद रहेका पूर्व माओवादीतर्फका सात मन्त्रीको नियुक्ति खारेज गरिदिएको छ ।


संविधानको मर्मविपरीत सांसद नभएका व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै सर्वाेच्चले नियुक्ति बदर गरेको हो ।
आदेशअनुसार सात मन्त्रीको पद आजैदेखि गुमेको छ । सर्वाैच्चमा यससम्बन्धि आदेश लेखिदै गर्दा गृहमन्त्री रहेका रामबहादुर थापा बादल चाँही प्रदेश प्रहरी कार्यालय बागमतीमा प्रहरीलाई निर्देशन दिदै थिए । राष्ट्रिय सभाको निर्वाचनको क्रममा हेटौंडा पुगेका उनले आचारसंहिता विपरीत प्रहरीलाई निर्देशन दिएका थिए । अब हेटौंडामै रहँदा उनको पद गुमेको छ ।
राष्ट्रियसभा उप निर्वाचनमा उनले विजय प्राप्त गरेमा फेरि मन्त्री नियुक्त हुन सक्छन् । तर, हारेमा अब अर्काे निर्वाचनपछि मात्र उनी मन्त्री बन्न सक्ने भएका छन् । उप निर्वाचनको नतिजा आजै आउनेछ ।
सर्वाेच्चको यो आदेशप्रति माओवादी केन्द्रका नेताहरु भने खुशी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्