Logo
Logo

उपनिर्वाचमा भोट नहाल्ने १० जनप्रतिनिधि


दृष्टि संवाददाता

337.4k
Shares


काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन हेटौंमा सम्पन्न भउको छ । ५ बजेपछि मतगणता सुरु हुने र आजै नजिता आउने निर्वाचन आयोगले जनाएको छ ।


आयोगका अनुसार उपननिर्वाचनको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । बागमती प्रदेशका कुल मतदाता ३४७ थिए । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेको आयोगले जनाएको छ ।
मतदानमा अनुपस्थित हुने ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । मतदान नगर्ने ४ प्रदेशसभा सदस्यमध्ये तीन जना विवेकशील साझाका । उक्त पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो । यस्तै, माओवादी केन्द्रकी प्रदेशसभा सदस्य हिमाली गोले पनि मतदानमा अनुपस्थित भइन् ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित दुवै मत हाल्न गएनन् । दुवै जना नेपाली काँग्रेसका हुन् । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि मतदान गर्न गएनन् । जबकी नेमकिपाले उम्मेदवार नै उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्