Logo
Logo

उपनिर्वाचनको मतगणना सुरु, आजै परिणाम घोषणा हुने


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सम्पन्न भइ मतगणना समेत सुरु भउको छ । सम्पन्न उपनिर्वाचनमा १ सय ५ जना प्रदेश सभा सदस्य र स्थानीय तहतका २ सय ३३ जना गरी ३ सय ३८ जनाले मतदान गरेका छन् ।

निर्वाचन आयोगका अनुसार ४ बजेर ३० बाट मतगणना प्रारम्भ भएको छ । आज साँझ नै मतपरिणाम आउने आयोगले जानकारी दिएको छ । सम्पन्न उपनिर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट रामबहादुर थापा बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थमान स्वतन्त्र उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा मैदानमा छन् । त्यस्तै नेपाल मजदुर पार्टीका कृष्णबहादुर तामाङसमेत उम्मदेरवा छन् ।

प्रतिक्रिया दिनुहोस्