काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेका छन् ।
सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपयित कार्यालयले जनाएको छ। नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी त्यो पर्दैन भनेपछि विवाद उत्पन्न भएको थियो । राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए ।