काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।
राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उहाँले जानकारी दिनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।