Logo
Logo

संविधान संशोधनका लागि कार्यदल बनाउने ओली-ठाकुर सहमति


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच यस्तो सहमति भएको हो ।

‘उहाँहरूबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको छ । यसको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो ।’ ठाकुरनिकट जसपा नेता सुरेन्द्र झाले भने ।

कार्यदललाई दिइने समयावधि र त्यसमा रहने सदस्यहरुको हैसियतका विषयमा भने उनले खुलाउन चाहेनन् । संविधान निर्माणदेखि नै असहमति दर्ज गर्दै आएको मधेस केन्द्रित दलले संशोधनको माग गर्दै आएका थिए । तर केपी ओलीले भने संविधान संशोधनको विरोध गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्