काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न दलको बैठक बोलाएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि बोलाइएको जसपाको बैठकलाई चासोका साथ हेरिएको छ ।
उपेन्द्र पक्षलाई खबर छैन
बैठकमा उपेन्द्र यादवको भने सहभागिता नरहने बुझिएको छ । ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । आफूहरुलाई बैठकबारे जानकारी नभएको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले बताएका छन् ।