Logo
Logo

समय खेर नफाली वैकल्पिक सरकार बनाउन बाटो खोलेको हुँः ओली


दृष्टि संवाददाता

882
Shares


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका कारण आफुले छिटो वैकल्पिक सरकार बनाउन बाटो खोलिदिएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी आफुले विश्वासको मत पाउने अवस्था नभएपछि संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाएको बताएका हुन् ।


जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेकाले नयाँ सरकारले बजेट ल्याउनका लागि समय पुगोस् भनेर छिटो प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गरेको उनको भनाई छ । वैकल्पिक सरकार बनाउन पनि नसक्ने र आफुलाई काम गर्न समेत नदिएको उनको विपक्षीप्रति आरोप छ ।

प्रतिक्रिया दिनुहोस्