काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई थप कारबाहीको सकेत दिएका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीको निर्देशन नमानेकाले ‘त्यसको हिसाबकिताब’ हुने उनको भनाई थियो ।
‘हिजो मात्र पार्टीमा अमर्यादित काम भएको छ,’ शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘यसको हिसाब किताब हुन्छ ।’ विपक्षीसँग साँठगाँठ गरेर पार्टीलाई धोका दिएको उनको आरोप थियो ।
उप निर्वाचनमा एमालेका उम्मेदवार रहेका रामबहादुर थापा बादल पराजीत भएका थिए ।