काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकार चलाउन मन नभएकाले विश्वासको मत नलिएको प्रष्टिकरण दिएका छन् ।
विश्वासको मत नलिई अर्काे सरकार गठनका लागि प्रक्रिया अघि बढाएकोबारे प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
सरकारलाई असाध्यै असहयोग भएकाले सरकार चलाउन मन नभएर वैकल्पिक सरकार गठनका लागि आफुले आग्रह गरेको उनको दाबी छ ।
सरकार चलाउन मन नभएको बताइरहँदा ओलीले नयाँ समर्थन प्राप्त भयो भने अर्काे सरकार गठनका लागि पनि प्रयास गरिरहेको बताएका थिए ।
आफुलाई समर्थन नदिएमा एक महिनापछि चुनाव घोषणा हुन सक्ने समेत उनको चेतावनी थियो ।