Logo
Logo

प्रधानमन्त्री दावीबारे राष्ट्रपतिले कानूनी परामर्श गर्ने


दृष्टि संवाददाता

22.4k
Shares

काठमाडठौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि पेश भएका दुवै दावीका लागि कानूनी परामर्श गर्ने भएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको लागि दावी पेश गर्दै पुगेका राजनीतिक दललाई राष्ट्रपति भण्डारीले कानूनी परामर्श गर्ने बताएका हुन् ।

विपक्षी दलहरुले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए ।

एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उनले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमो दाबी गरेका हुन् ।

लगत्तै कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । त्यो भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणजी श्रेष्ठ प्रकाश, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी थिए ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि भर्खर दाबी प्रस्तुत गरेको सुनाउँदै भने, ‘म सल्लाह गर्छु, कानूनी पक्षहरु पनि हेर्छु ।’ एमाले नेता नेपालले ओलीको १२१ को दाबीमाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्