Logo
Logo

पार्टी एकता जोगिन्छ भन्ने आशाले हस्ताक्षर गरिनँः योगेश भट्टराई


दृष्टि संवाददाता

56.8k
Shares

काठमडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णयमा हस्ताक्षर नगरेको बताएका छन् ।

नेता भट्टराईले राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन रहेको भन्दै ट्वीटमार्फत पार्टी एकता जोगाउन यस्तो निर्णय लिएको बताएका हुन् । उनले भनेका छन्– ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दावी गर्न आह्वान गरेपछि एमालेको तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव समूह र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतसहित प्रधानमन्त्री दावी गरेका छन् ।

माधवकुमार नेपालसहित माधव समूहका २६ जना सांसदको हस्ताक्षर रहेको बताइए पनि भट्टराईले उक्त प्रस्तावमा हस्ताक्षर नगरेको स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्