काठमाडौं । राष्ट्रपतिले प्रधानमन्त्री दावी अस्वीकार गरे लगत्तै प्रधामन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक सुरू भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
बालुवाटारका अनुसार मन्त्रीहरुलाई राति ११ पछि मात्रै खबर गरिएको भएपनि बैठक राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी गरिएको केही मिनेटमै सुरु भएको हो ।
मन्त्रिपरिषदको यही बैठकले मध्यावधी चुनावको घोषणा गर्नसक्ने समेत बुझिएको छ ।