Logo
Logo
ब्रेकिङ

प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा

मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ गते


दृष्टि संवाददाता

10.7k
Shares

काठमाडाैं । सरकारले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि प्रतिनिधिसभा संवैधानिक रुपमा विघटन भएको हो ।

संविधानको धारा ७६ को उपधारा ७ मा उपधारा ५ बमोजिम सरकार बन्न नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने प्रावधान छ ।

सोही अनुसार सरकारले निर्वाचनको मिति तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्