काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक आकस्मिक बस्दै छ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् ।
देउवा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट बनेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया दिइरहेका छन् ।