काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको कदम प्रतिगमनको भाग २ भएको भन्दै भत्र्सना गरेका हुन् । उनले शीतलनिवासले संविधानको मर्मलाई कुठराघात गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले देशमा प्रतिगमन दोहोरिएको र चुनावको उद्घोष जालझेल मात्र भएको बताएका छन् ।
यस्तो छ उनको भनाईः
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !