काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्डकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरुका बारेमा सजिलै जानकारी लिन सक्नेछन् ।
बैंकका अनुसार यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्डकल गर्दा र केही समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ । ग्राहकले निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मा सम्पर्क गर्न सक्नेछन् ।
यसैगरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । बैंकले साथसाथै मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि