काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । भने, आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ ।
प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मशाखाका अनुसार प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।