काठमाडौं – उप निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटालाई प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्तिहरुले धम्काउको खुलेको छ । आफूलाई चुनावबाट पछि हट्न धेरैले थर्काएको डा देवकोटाले बताएका छन् ।
आज फेसबुकमा स्टाटस लेख्दै देवकोटाले धेरैले फकाएको र थर्काएको बताएका हुन्। उनले आवश्यक परेको बेला नाम सार्वजनिक गर्ने पनि बताएका छन्। स्रोतका अनुसार ओली निकट नेताहरुले त्यसरी धम्काएका थिए ।
देवकोटाले आफूलाई थर्काउनेको भ्वाइस रेकर्ड नै गरेर राखेको बताएका छन्। उनले यस्ता धम्कीबाट नडराई आफू अडिग रहेको बताएका छन्। ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट दबअप हुन धेरै जनाले फकाए÷थर्काए। समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला। कसैकसैको त खयष्अभ रेकर्ड नै राखेको छु। तर, म अडिग रहे। विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत, प्रतिष्ठा जाने थियो। हामी कलंकित हुने थियौ।’, उनले भनेका छन्।
लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफूजस्ताबाट केही सिक्दा राम्रो हुने उनले बताएका छन्। ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला। बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पूरा गर्नुपर्दछ। भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला। तर, बुझ्न जरुरी के पनि छ भने, हामीजस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ। निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिँडौ। बोली र ईमानमा कटिबद्ध होऔं।’, देवकोटाले भनेका छन्। रामबहादुर थापा बादललाई हराउँदै उनी चुनावमा विजयी भएका थिए ।