काठमाडौं । प्रतिनिधि सभा बिघटन र चुनाव घोषणाको कदमलाई प्रतिगमन र कु भनेको प्रधानमन्त्री केपी शर्मा अोलीले आक्रोश व्यक्त गरेका छन् । आफुले भनेजस्तो नहुँदा कु भएको भनेर आलोचना गरेकोमा उनले आक्रोश व्यक्त गरेका छन् ।
‘के बर्मा जस्तै भएको हो नेपालमा ? कु भन्नलाई ?,’ आइतबार प्रधानमन्त्री निवासमा छानिएका केही पत्रकारसम्मको कुराकानीमा उनले भने । कार्यक्रममा उने मिडिया र नेपाली कांग्रेसको समेत आलोचना गरेका थिए ।
अरुले वैकल्पिक सरकार दिन नसक्ने भएपछि आफैंले दाबी गरेको उनको भनाई थियो । राजनीतिमा कहिलेकाही छिट्टै परिवर्तन हुने भएकाले आफुलाई वैकल्पिक सरकार बनाउने परिस्थिती बनेको उनको भनाई थियो ।