काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीको बचाउ गरेका छन् । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दुवै दाबी खारेज गर्ने निर्णयको उनले बचाउ गरेका छन् ।
त्यो राष्ट्रपतिको स्वविवेकी अधिकार भएको र त्यसविरुद्ध कतै उजुरी नलाग्ने ओलीको भनाई छ । आइतबार बालुवाटारमा केही पत्रकारहसँग बोल्दै उनले राष्ट्रपतिको स्वविवेकी अधिकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरे पनि केही नहुने बताएका हुन् ।
प्रतिनिधिसभा गठन र मध्यावधि निर्वाचनको घोषणा संविधानअनुसार नै भएको उनको दाबी छ ।