Logo
Logo

विदेशी गुप्तचरसँग भेटेपछि ओली बिग्रिएः भिम रावल


दृष्टि संवाददाता

4.5k
Shares


काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी गुप्तचर प्रमुखसँग भेटेपछि एकपछि अर्काे राष्ट्रहित विपरीतका गतिविधि गर्दै आएको आरोप लगाएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले ओली विदेशीको इशासामा चलेको बताए ।


रावलले ओलीले सोधेको स्पष्टिकरणको जवाफ समेत नदिने बताएका छन् । ओलीले आफ्ना निकट मान्छेलाई राखेर बनाएको स्थायी कमिटी नै अवैध रहेकोले उक्त बैठकले गरेको निर्णय वैध हुन नसक्ने बताए । उनले स्पष्टीकरण सोध्ने अधिकार पनि बैठकलाई नभएकाले जवाफ नदिने बताएका हुन् । ओलीले चाँही जनतालाई स्पष्टिकरण दिनुपर्ने उनको भनाई छ ।

ओलीले कुर्सीसँग राष्ट्रियता साटेकाले त्यस्ता व्यक्तिलाई आफुले स्पष्टिकरण नदिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्